नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशको नवलपुरमा बिहीबार दिउसो थप २७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउसो तेस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार नवलपुर जिल्लाका गैंडाकोट, कावासोती र विनय त्रिवेणी गरी ३ पालिकामा २७ कोरोना संक्रमित थपिएका हुन् ।
निर्देशनालयका अनुसार गैंडाकोट २ का ४ पुरुष तथा ३ महिला, गैंडाकोट १ की १ महिला, वडा ५ का १ पुरुष, ७ का ३ वर्षीय बालक तथा ४ महिला, १३ का २ पुरुष र वडा नखुलेका १ पुरुषमा कोरोना देखिएको हो ।
त्यसैगरी कावासोतीका २ ,३ , १४ र १६ वडाका ३ पुरुष तथा ४ महिला र विनय त्रिवेणी- ६ का ३ महिलामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १ हजार ६ सय ७२ पुगेको निर्देशनालयले जनाएको छ ।


