Tuesday, April 21

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

नेपाल अखबार, पाेखरा । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मादी गाउँपालिका–१० वार्चे घर भएका पस बहादुर गुरुङलाई पक्राउ गरेको हो ।
५८ वर्षीय पस बहादुरले १७ वर्षअघि एक व्यक्तिको ज्यान लिनेगरी सवारी दुर्घटना गराएका थिए । सो मुद्धामा कास्की जिल्ला अदालतले ०६० जेठमा उनलाई २ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका पसबहादुरलाई मादी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जिवन श्रेष्ठले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *