नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप २ पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका २ पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।


