Tuesday, July 14

विष सेवनबाट ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त

नेपाल अखबार, कैलाली । जिल्लाको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ ।
स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Advertisement
‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’
निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको होस् अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ ।
‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन विष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *