गण्डकी प्रदेशमा शनिबार बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान नवलपुरका १३ जना पुरुष र ८ महिलामा कोरोना देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिवेणी ६ र ७ का १३ पुरुष तथा ७ महिला तथा गैँडाकोट -८ की एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७७ पुगेको छ ।


