Tuesday, April 21

बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार

नेपाल अखबार, बाँके। बाँकेमा एक पुजारीले झारफुकको बहानामा मन्दिरको कुटीमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्।
पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।
उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ।
बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो।
‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले शनिबार बिहान  भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं।’
एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।
डीएसपी खड्काका अनुसार पीडित दुवै युवती तथा कथित पुजारी पनि विवाहित हुन्। साेत नेपालखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *