Thursday, July 16

भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

Advertisement
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ।
मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ।
कुल सङ्क्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन्।
प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन्।
त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *