Wednesday, April 22

पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्।
प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *