Tuesday, April 21

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २२२ पुग्याे

नेपाल अखबार, भरतपुर । कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणको कारण सोमबार बिहान मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको छ।
भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए।
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो। सोमबार बिहान ७ः२० मा उनको मृत्यु भएको हो।
योसँगै भरतपुर अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चितवनका मात्रै छ छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो।भरतपुर अस्पतालमा मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जनाको मृत्यु भइसकेको छ। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *