Wednesday, July 29

गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र २० प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनालयले जनाएको छ  ।
बुधबार बिहान नै  लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७, ४८ र ५० वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ । लमजुङकी  ४९ वर्षीया महिला स्थानीय किराना पसल संचालक रहेको र ५० वर्षीय पुरुष ओमानबाट आएको निर्देशनालयले उल्लेख गरेको छ ।
त्यसैगरी बिहान नवलपुरका बिनयत्रिबेणीका ४१ र ५४ वर्षका २ पुरुष तथा ३५, ४१ र ५८ वर्षका ३ महिला, गैंडाकोटकी ४० वर्षीया एक महिला र देवचुलिका ७६ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ ।

 

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *