नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार दिउसो कास्कीको पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका २४ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी लमजुङको बेसिसहरका ५ वटा वडाका १३ , २३ र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४ पुगेको छ ।


