Saturday, April 18

पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदीमा खस्यो

नेपाल अखबार, पाेखरा। पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदी नदीमा खसेको छ ।
पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान र्मस्याङदी नदीमा खसेको मिनी ट्रकको सशस्त्र प्रहरीले खोजी शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले सो ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ । उनले भने ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *