नेपाल अखबार, एजेन्सि। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई उच्च जोखिममा रहेका समूहलाई अक्टोबर महिनाको अन्तिम वा नोभेम्बरको सुरुवातसम्ममा कोरोनाभाइरसको सम्भावित खोप वितरण गर्नका लागि तयार रहन निर्देशन दिएको छ । बुधबार एजेन्सीले प्रकाशित गरेको दस्तावेजमा सो कुरा उल्लेख गरिएको छ ।
समय तय गरिएको यो निर्णयलाई अमेरिकी राष्ट्रपति चुनावसँग पनि जोडेर हेरिएको छ । पुनः निर्वाचित बन्ने होडमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको विकासमा ठूलो रकम खर्च गरिरहेका छन् ।
‘सुरुवाती तयारीस्वरुप सीडीसीले राज्यहरुलाई खोप वितरणको योजना तर्जुमा गर्न सीडीसीले भनेको हो । यसमा अक्टोबर र नोभेम्बरमा खोपको सिमित मात्रा उपलब्ध हुने सम्भाव्यता पनि रहेको छ,’ सीडीसीकी प्रवक्ताले रोयटर्सलाई भनिन् ।
यसअघि न्युयोर्क टाइम्सले सीडीसीले उक्त दस्तावेजबारेसबै ५० राज्य र पाँच ठूला सहरसँग सम्पर्क गरिसकेको समाचार प्रकाशित गरेको थियो ।
देशका प्रमुख संक्रमक रोग विशेषज्ञ एन्थोनी फाउचीले बुधबार मात्र हाल जारी कोभिड–१९ को परीक्षणअनुसार खोप सुरक्षित र प्रभावकारी छ भन्ने तथ्यांक नोभेम्वर वा डिसेम्बरसम्ममा प्राप्त भइसक्ने बताएका थिए ।
न्युयोर्क टाइम्सले प्रकाशित गरेको दस्तावेजमा सीडीसीले एक वा दुईवटा खोपको सिमित संख्या अक्टोबरको अन्त्यमा उपलब्ध हुने गरी तयारी सुरु गरेको देखिन्छ । उच्च जोखिममा रहेका समूह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले निःशुल्क ती खोप प्राप्त गर्ने भनिएको छ ।
हाल मोडर्ना, अस्ट्राजेनेका र पीफाइजर कम्पनी खोप निर्माण गर्ने होडमा अग्रस्थानमा रहेका छन् । दस्तावेजमा खोपलाई माइनस ७० र माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने भनिएको छ । यो मापदण्ड पीफाइजर र मोडर्नाको मापदण्डसँग मेल खान्छ ।
स्रोत : रोयटर्स

Access privacy-first biometric data for machine learning applications. Our biometric data provider supports AI development with diverse and high-quality training sets.
https://www.producthunt.com/@ibetadata