Sunday, April 19

कोरोनाबाट थप १४ जनाकाे मृत्यु

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाकाे मृत्यु भएकाे छ । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् ।  शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् ।
यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको उनले बताए ।
यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *