Monday, April 20

काठमाडौंमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ३२६, ललितपुरमा ३७ र  भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यस्तै देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९  र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल  संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *