Monday, April 20

बेगनाश तालमा राना मगर मृत फेला

नेपाल अखबार, कास्की । बेगनाश तालमा बिनोद राना मगर मृत फेला परेका छन् ।  जिल्ला चितवन कल्याणपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-३० शिशुवा स्थित मजदुर काम गरी बस्दै आएका थिए ।  अन्दाजी वर्ष ३१ को बिनोद राना मगर बेगनाश तालमा पौडी खेल्न जान्छु भनी गएको थिए ।
मगर घरमा फिर्ता नआएपछी खोजतलाश गर्दै जाने क्रममा अन्दाजी ११:३० बजेको समयमा बेगनाश तालमा निजको शव पानीमा तैरिएको अवस्थामा फेला परेको फेला परेकाे प्रहरीले जनाएकाे छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *