Wednesday, April 22

स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार  स्याङ्जा । स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये १८ जना जुवासम्बन्धी कसूरका अभियुक्त हुन् ।
कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।
उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *