Sunday, July 5

जोर्डनको सैन्य इलाकामा भयानक बिस्फोट, आकाशमा देखियो आगोको लप्का

नेपाल अखबार, एजेन्सि।  जोर्डनको राजधानी अम्मान नजिकै रहेको जर्का सैन्य शिविरमा थुप्रै बिस्फोटको आवाज सुनिएको छ ।
सोसल मिडियामा आइरहेका तस्बिर र भिडियोमा देख्न सकिन्छ कि बिस्फोट यति भयानक थियो कि आगोको लप्का निकै माथिसम्म उठेको थियो ।
अधिकारीका अनुसार यो बिस्फोट एक पुरानो अर्डिनेन्स फ्याक्ट्रीको गोदाममा भएको हो र बिजुलीको सर्किटमा आएको गडबडीका कारण आगलागी भएको बताइएको छ ।

Advertisement

समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारका प्रवक्ता अमजदका प्रवक्ता अमजद अदिलाले सरकारी मिडियालाई जानकारी दिँदै भने, ‘प्रारम्भिक अनुसन्धानबाट थाहा हुन्छ कि सेनाको हतियार राख्ने डिपोमा इलेक्ट्रिक सर्किटमा भएको गडबडीका कारण यो दुर्घटना भएको हो । यो आवसीय इलाका होनइ र यहाँ मानिसहरुको आवतजावत पनि कम छ ।’
यद्यपि, वरिपरि बस्ने मानिसहरुका अनुसार बिस्फोटका कारण उनीहरुको घरको झ्यालको सिसा फुटेका छन् ।
दुर्घटनामा हताहतबारे अहिलेसम्म कुनै जानकारी प्राप्त छैन ।
स्रोतः बीबीसी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *