नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जना मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ जना संक्रमितको मृत्यु भएको बताए।
आज एक महिला र ४ पुरुष गरी पाँच जनाको कोरोना संक्रमणबाट मृतयु भएको हो।
मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडाैका ७० र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।

