Thursday, July 23

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध

नेपाल अखबार, चितवान। नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ।
दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको भन्दै चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *