Monday, July 20

शुक्र ग्रहमा जीवन रहेको संकेत!

नेपालअखबार, एजेन्सि। खगोलशास्त्रीले शुक्र ग्रहको वायुमण्डलमा एक प्रकारको ग्यास फेला पारेका छन्, जसले त्यहाँ जीवन रहेको देखाउँछ।
शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने संकेत पाइएको खगोलशास्त्रीले बताएका छन्।
उनीहरूका अनुसार भेटिएको ग्यासको नाम फस्फिन हो, जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको एक किसिमको अणु हो।
धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ। यो पेन्गुइनजस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ। यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ।
हुन त फस्फिन, कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रूपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन्।
saturn1
उसो भए शुक्र ग्रहमा यो ग्यास कसरी पाइयो, त्यो पनि ५० किलोमिटर माथि? बस्, बेलायतस्थित कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मीको प्रश्न यही मात्र छ।
शुक्र ग्रहमा यसरी फस्फिन ग्यास भेटिएकोबारे उनीहरूले नेचर एस्ट्रोनोमी जर्नलमा विस्तारपूर्वक लेखेका छन्।
त्यसमा उनीहरूले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत बनेको हुन सक्ने बताएका छन्।
तर अनुसन्धानकर्ताले शुक्र ग्रमा जीवन नै भेटिएको भनेर दाबी गरिसकेका छैनन्। संकेत मात्र देखिएकाले यसबारे थप पत्ता लगाउनुपर्ने बताएका छन्।
कसरी भेटियो जीवनको संकेत दिने ग्यास?
कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलीस्थित अटाकामा लार्ज मिलिमिटर ऐरी टेलिस्कोपको सहायतामा शुक्र ग्रहमा हेरे।
त्यस क्रममा उनीहरूले फस्फिनको स्पेक्ट्रक सिग्नेचर पत्ता लगाए। त्यसपछि शुक्र ग्रहको बादलमा यो ग्यास धेरै मात्रामा भएको सम्भावना देखिएको हो। जसले त्यहाँ जीवनको सम्भावना बढाएको हो।
प्राध्यापक जेन ग्रिब्सले भने, ‘आफ्नो पूरा करियरमा म ब्रह्माण्डमा कहाँ कहाँ जीवन छ भनेर खोज्ने रुचि छ। तसर्थ मलाई यो सम्भावनाबारे सोच्दा नै मजा आइरहेको छ।’
यो किन रोचक छ?
पृथ्वीको छिमेकी ग्रह शुक्रमा जीवनको सम्भावना सौर्यमण्डलका अन्य सबै ग्रहमा भन्दा कम रहेको मानिन्छ।
शुक्रमा वायुमण्डलको मोटो पत्र छ, जसमा ९९ प्रतिशत कार्बन डाइअक्साइड छ। यो ग्रहमा वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ।
सतहको तापक्रम पिज्जाको ओभनजस्तै ४ सय डिग्री सेल्सियसभन्दा बढी छ।
त्यसैले शुक्र ग्रहमा गोडा राखियो भने केही सेकेन्डमै मानिसले उम्लेको महसुस गर्छ। त्यसैले शुक्रमा जीवन भइहाले पनि त्यो ५० किलोमिटर माथि नै पाउने आशा गर्न सक्छौं। बीबीसीबाट

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *