Sunday, April 19

गण्डकीमा कोरोनाबाट एकको मृत्यु,४७ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
गोरखाको बारपाक सुलिकोट नगरपालिका वडा नं ८ का ६३ वर्षीया महिलाको हिजो काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
त्सैगरी आज गण्डकी प्रदेशमा ४७ संंक्रमित थपिएका छन् । तनहुँमा नौ, कास्कीमा तीन,गोखामा एक,लमजुङ र मनाङमा एक÷एक,स्याङ्जामा १२ र नवलपरासीमा २० जना छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या तीन हजार ११२ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *