Wednesday, April 22

नारायणगढ-मुग्लिन सडक बन्द

नेपाल अखबार चितवन । देशकै प्रमुख व्यापारिक सडक मानिने नारायणगढ-मुग्लिङ सडकखण्ड बन्द भएको छ ।
पहाडबाट लेदो आएर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताउनुभयो ।
“खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भन्नुभयोे, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।” निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक बन्द हुने गरेको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *