Wednesday, April 22

चट्याङ लागेर एक बालिकाको मृत्यु

नेपाल अखबार, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *