Tuesday, September 15

२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएकोछ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको ।
मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । यतिमात्रै होइन १४ वटा बाइक पनि राखिएको थियो । त्यसैले ओभरलोडका कारण डुंगा पल्टियो । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो ।
घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । प्रहरीका अनुसार उनीहरु कमलेश्वर धाम जाँदै थिए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बनाएका छन् । उनीहरुका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,त र मानिसहरुले जर्बजस्ती गरे । डुंगावाला पनि पौडेर बाँच्न सफल भएका छन् ।

Advertisement

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *