नेपाल अखबार, बागलुङ। बागलुङमा पनि भुकम्पले घर क्षती भएकाे छ । अन्दाजी ०५:२० बजेको समयमा आएको भुकम्पको धक्काले बागलुङ नगरपालिका-६ भिरलाकुरी बस्ने वर्ष अन्दाजी ६९ को दुर्गा बहादुर सुबेदीको ढुङगामाटोले बनेको दुईतले टिनको छानो भएको कच्चि पूर्ण रुपमा क्षती भएको बागलुङ प्रहरीले जानकारी दिएकाे छ ।
साे घटनामा मानबिय तथा पशु चौपाय क्षती नभएको जानकारी प्राप्त भएकाे छ । उत्त घर पूर्ण रुपमा बस्न नमिल्ने गरी क्षती भएकाे छ ।

