Saturday, May 23

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्।

स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्।
उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए।
‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने।
यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्।
उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्।
कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ। रासस/एएनआई

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *