Wednesday, July 1

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हाजर २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दशेभरमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
यो नेपालमा एकैदिन संक्रमित हुनेमध्य अहिलेसम्मकै उच्च संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ भने आज नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ।
आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ।
आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ।
पछिल्ले २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *