Wednesday, April 22

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहान दिएको अध्यावधिक विवरण अनुसार प्रदेशका नवलपरासी , स्याङ्जा,पर्वत,लमजुङ गरि ४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा नवलपरासीमा ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बुलिङटार वडा नम्बर ६ का २ जना र हुप्सिकोटका ९ जना रहेका छन् । त्यस्तै यता पर्वत कुश्मा पनि २ संक्रमित थपिएका छन् । यता स्याङ्जा फेदिखोलामा र लमजुङको मध्य नेपालमा १, १ गरि संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *