Wednesday, April 22

रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरस‘कोरोनाभिर’

नेपाल अखबार, एजेन्सी । रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरस औषधि ‘कोरोनाभिर’ बनाएको छ ।
हल्का लक्षण भएका संक्रमितका लागि बनाइएको औषधिको अर्को सातादेखी बजारमा आउने जनाइएको छ । कोरोनाका बिरामीमा यो औषधि प्रयोगका लागि त्यहाँको औषधि नियामक निकायले अनुमति दिएको बीबीसीले जनाएको छ।
आर–फार्म कम्पनीले बनाएको उक्त औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने जानकारी शुक्रबार कम्पनीले दिएको छ ।
यसअघि मेमा रुसमा एक अर्काे औषधि एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिइएको थियो।
यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित छन्।
फेभिपिरभिर एक एन्टिभाइरल औषधि हो, जुन जापानमा फ्लु र भाइरस संक्रमणको उपचारमा प्रयोग गरिन्छ। आर–फार्मा कम्पनीका अनुसार १६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिर औषधिले अनुमति पाएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *