Thursday, April 23

क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका

नेपाल अखबार, चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्।
बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *