Thursday, July 9

  बाग्लुङमाखोलाले वगाएर किशोरी बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।   बाग्लुङमा खोलाले बगाएर एक किशोरी बेपत्ता भएकी छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ राशिवाङ बस्ने गौडे सुनारको १३ वर्षीया छोरी आशा सुनारको घर नजिकैको खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार जंगलबाट घाँस काटेर फर्कंदै गरेकी उनलाई स्थानीय उत्तरगङ्गा खोलाले बगाएको हो ।
घटना शुक्रबार अपराहन्नको भएपनि आइतबार मात्र प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलासका लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *