Thursday, April 23

भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् ।
यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।
दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ । सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *