नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका ४ जना, तनहुँका १७ जना, बाग्लुङका १४ जना, स्याङजाका २ जना र गोरखाका एक जना रहेका छन् ।
बाग्लुङ जिल्ला, ढोरपाटन-१ का ब्यक्तिहरु नेपाल बैंक लि, हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के।, धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत हुन् । बाग्लुङ जिल्ला, ढोरपाटन – ४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ बर्षीय पुरुष गरि २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।
अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।गण्डकी प्रदेशमा अहिलेसम्म ३४७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म २११३ जना निको भएका छन् ।
त्यस्तै प्रदेशमा निको हुने दर ६०.७५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १३ सय ३३ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ ।


