Saturday, July 25

विश्वमा संक्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

Advertisement
कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन्।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ७,००४, ७६८ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ। रासस/एएफपी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *