Sunday, April 19

गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ८ जना सहित गण्डकी प्रदेशमा  थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ४ ७१ वर्षीया महिला पोखरा ५ का ३८ वर्षीय पुरुष , पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस  देखिएको जानकारी दिएको हो ।
तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ  ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ९२ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *