नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५११ , भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

