Wednesday, April 22

पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा  ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४  वर्षीय पुरुष , पोखरा १४  का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यसैगरी नवलपुर  बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा  कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय २३ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *