नेपाल अखबार, दार्चुला। नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दार्चुला सदरमुकामको एक होटलमा मृत अवस्थामा फेला परेका छन्
शुक्रवार विहान सई ध्रुव रावल सदरमुकाममा रहेको दुर्गाभवानी होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर सुरेन्द्र प्रसाद जोशीले बताए ।
होटलको लवीमा लडिरहेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत बगेको छ । दल्लेक प्रहरी चौकीबाट सरुवा भएर सई रावल ईलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाँदै थिए । ईप्रका जाने क्रममा उनी सदरमुकामको होटलमा बास बसेका हुन् ।
रावलको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुने इन्सपेक्टर जोशीले बताए ।

