Sunday, April 19

अख्तियार र चिन्ता फिक्री मुक्त भ्रष्टाचार !

पुरुषोत्तम पौडेल, वारा  । ” चोर चोर मौसियात भाई “। भोजपुरी भाषाको एउटा उखान हो । अर्थात सवै चोरहरू आमा-सानीमाका छोराहरू जस्तै हुन्छन । आमा र सानीमाका छोराहरू भन्नुको अर्थ दाजुभाइ हुन । केही केही विषयमा सामान्य विवाद झगडा होला । लेनदेनमा कहिले काही ठाकठुक पर्ला तर भागवण्डा मिलेपछि खेल खत्तम भइहाल्छ । भागवण्डा नमिल्दाको विवाद र झगडाले मुलुकको तरक्की हुने वाला छैन । अझ भनौ, हामीले पार्टीको नाम जेसुकै राखौ ।

निती सिध्दान्त जति सुकै राम्रो वनाऔ । यदी हाम्रो व्यवहार पार्टीको नाम र निती सिद्धान्त अनुसारको वनाउन सकेनौ भने कुनै अर्थ राख्दैन । हाम्रो सिद्धान्त अनुसारको व्यवहार भएन भने केही काम लाग्दैन । हाम्रो काम गराइले आधारभूत जनताको सेवा गरेन भने पार्टीको नाम र सुन्दर सिध्दान्त अनी नेताजीको खाइलाग्दो व्यक्तित्वको पनि कुनै अर्थ हुदैन । मुल कुरा त हामी सेवा कस्को गरि रहेका छौ भन्ने नै हो ।
राजनितीक दल र राज्य वर्गीय हुन्छन । वर्गीय समाजमा जुनसुकै वर्गको सत्ता भएपनि राज्य मूरत: कमजोर वर्गका लागी हुनु पर्ने हो । राज्य विशेष गरि गरिव, गुरुवा र दुखी तथा असहाय जनताहरूको संरक्षणको लागी हो । राज्य दलीत तथा उत्पीडित वर्ग र गाऊ घरमा वस्ने पिछडिएका जनताहरूका लागी हो । राज्य दीन दु:खीहरू सम्म अती आवस्यक सेवा पुर्याऊनको लागी हो । राज्य पिछडिएको जाती, जनजाति र दुर्गम क्षेत्रका जनता सम्म न्युनतम सेवा पुर्याऊनको लागी संगठित संरचना हो ।
समाजमा हुनेखाने तथा ठुला ठालुहरूको लागी राज्य केवल सेवा लीने मेसिन हो । ठुलठुला दलाल पुजीपतिहरू, सामन्तहरू र जमिन्दार तथा रानितीक ठालुहरूको लागी राज्य उनीहरूको कमाई सुरक्षित गरेर सेवा लीने निकाय हो । उनीहरूको नजरमा राज्य पैसा कमाऊने र केवल कर उठाऊने साधन मात्र हो । अर्थात वर्गीय समाजमा राज्य हुनेखाने तथा धनि-पुजीपतीहरूलाई आरामले कमाउन दिएर कमाइको केही प्रतीशत रकम करको रूपमा असुल गर्ने अनी त्यही रकमवाट गरिव गुरुवा र पछि परेको समुदाय र आम जनता सम्म न्यौनतम सेवा पुर्याऊन स्थापीत सार्वजनिक संरचना वा निकाय हो ।
जुन राज्यका सेवा मुलक निकायहरू आफै जनता ठग्न उदत्त हुन्छन । त्यो राज्य स्वतः कमजोर हुन्छ । जुन राज्यका जिम्मेवार पदाधिकारीहरू देशका सामन्त तथा दलाल पुजीपतिहरू संग वस्न पाएर नतमस्तक हुन्छन । दलाल तथा नौकरशाही पुँजीपतिका अगाडी शिर झुकाएर देशलाई ठग्न लालायीत हुन्छन । त्यो देश आफै कमजोर हुन थाल्दछ । हाम्रो देशमा अहिले त्यस्तै त्यस्तै हुनलागेको छाटकाट देखिदैछ । राज्यको ढुकुटीमा आम्दानी गर्न राज्यको तर्फवाट कर उठाऊन खोलिएका प्राय सवै अड्डाहरू भ्रष्टाचारमा डुव्दै गएका छन ।
त्यस्ता खाले अड्डाका हाकीमहरू, कर्मचारीहरू आफुलाई सरकारको नोकर होईन मालीक ठानेर अख्तियार दुरुपयोग गर्दै भ्रष्टाचारमा लिप्त भएका छन । तिनीहरू मध्ये कतिपय अकुत सम्पत्ति कमाएर लाल भएका छन । कति आरामले कमाऊनमा व्यस्त देखीन्छन । न्याय, ईमान अनी देश निर्माणको सपना वाड्दै गएका राजनीतिक प्राणीहरूपनि ” देशको सेवालाई आफु र आफ्ना लागी मेवा नै मेवा ” वनाऊन लागेका अनेकौ कथाहरू सुनिन्छन ।
भ्रष्टाचार कहा छैन भनेर खोज्नु पर्ने स्थीती आऊन लागी सक्यो । धेरै स्थानीय तहमा हेरी साध्य छैन । प्रदेशमा खोजी साध्य छैन । केन्द्र सरकारका विभीन्न निकायमा भएका भ्रष्टाचारको समाचार र चर्चा पनि सुनी साध्य छैन । सुशासन र भ्रष्टाचार प्रतीको सुन्य सहनशिलताको दुर्दशा भएको छ । सरकारी नियुक्तिमा भ्रष्टाचार, पदोन्नतिमा भ्रष्टाचार, सरुवा र पदस्थापनमा पनि भ्रष्टाचार भएका खवर आऊछन ।

Advertisement
योजना समावेश गर्नमा भ्रष्टाचार, टेण्डर-कोटेशनमा भ्रष्टाचार, उपभोक्ता समिती गठनमा पनि भ्रष्टाचार भैरहेका छन । औषधी खरिदमा भ्रष्टाचार, अनुदान सहयोगमा भ्रष्टाचार, हुदा हुदा लोगो-तक्मा निर्माण र वितरणमा पनि भ्रष्टाचार, अव वाकी के रह्यो ? हाम्रो देशमा कति सम्म लापरबाही र वेहाल छ, अलीकती विचार गरौ त । नगद देखेपछि महादेवका तिन नेत्र भन्थे । आजकल त अनुमान गर्न पनि कठिन हुन थाली सक्यो । कतै ईमान भन्ने चिज पनि हुन्छ ?
केही सामान्य दृष्टान्त हेरौ । वालुटारको जग्गा हिनामिना प्रकरणमा मुछिएका एक जना साना कर्मचारीले आत्म हत्या गरे । ठुला खालका विचौलिया र दलालहरू छाती खोलेर हिड्दैछन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रश्नपत्र आऊट गरि भ्रष्टाचार गरेको प्रकरणमा नाम मुछिएका अर्का एकजना निसहाय कर्मचारी शरम लागेथ आत्म हत्या गर्न पुगे । सेवा आयोगमा राजनितीक नियुक्ती पाएका ठालुहरू जुगा मसारेर हिडी रहेका छन ।

अख्तियारले आफ्नै घुस- पैठीया लगाएर घुसको लोभमा पारिकन पक्राउ गरिएका केही व्यक्तिहरू वाहेक खास भ्रष्टाचारी लाई पक्राउ गर्न र कार्वाही गर्न कुनै सफलता प्राप्त गरेको छैन । अख्तियारमा लोकमान सिह र नविन घिमीरे दुवैको कार्यकालमा एक रत्ती पनि फरक देखीएन । सवै भ्रष्टाचारी ठालुहरू आफ्ना एजेण्ट र कामदारहरूलाई निर्धक्क भएर हिम्मतका साथ काम गर, अख्तियारको चिन्ता नगर भनि रहेका हुन्थे । आफ्नो लुटको वजार चलाई रहेका छन ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर-५ कटुन्जे निवासी रामहरी सुवेदी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटीए । कलंकी स्थीत मालपोत कार्यालयका कर्मचारी उनी सेवाग्राही संग रू.एक हजार घुस लीएको आरोपमा ४२ दिन सम्म थुनामा राखिए । थुनामा चरम यातना दिईएका उनलाई भ्रष्टाचार मुद्दामा विशेष अदालत पेस गरियो । विशेष अदालतले तारिखमा छोडेको सातौ दिनमा ऊनले आत्म हत्या गरेका हुन । यती मात्र होईन अख्तियारको गलत नितीले यस्ता थुप्रै झिना मसिना कर्मचारीहरूलाई ‘आफ्नै ‘ नोट थाम्न लगाएर जेल पठाईएका छन । यस्ता अनगिन्ती खुद्रा खाले घट्नाहरू ठुला माछाहरू जोगाऊन र आम नागरिकको ऑखामा छारो हाल्न गरिएको कार्वाही त होइन भन्ने आशङ्का आम रूपमा व्याप्त छ ।
त्यती मात्र होईन जील्ला जील्लामा सामान्य आधारभूत विद्यालयहरूमा प्रावीको एउटा राहत शिक्षक नियुक्ति गरेको केसमा हुलका हुल गाऊलेहरूलाई लाईन लगाएर वर्षौ सम्म तारेखमा राखेर हैरान वनाऊने काम गरिएको अवस्था छ । एकातीर निम्न वैतनिक कर्मचारीहरूलाई आत्म हत्या गर्न वाद्य वनाऊने अर्कोतीर लाटा सोझा जनतालाई तारिक धाउन लगाएर ठालुहरूको सेवा गर्ने अख्तियार प्रमुखलाई सरकारले पुरस्कार स्वरूप ठुलै तक्मा ओढाई दिएछ । अझ गज्जव को कुरा त के छ भने मानव सेवा र आविस्कारको कारणले संसारमा नेपालको शिर ठाडो पार्न सफल डा.सन्दुक रूईत वरावरकै तक्मा तिनै अख्तियार प्रमुखलाई पनि भिराई दिएछन ।
कहानी यतिमा मात्र सिमीत हुदैन । देशमा अहिले भएका चर्चित भ्रष्टाचार सम्वन्धी स्क्याण्डलहरूमा देशका अख्तियार प्रमुख आरामले भ्रष्टाचारी कै पक्षमा उभिएका थिए । अहिले सम्म सवभन्दा वढि चर्चामा रहेको आयल निगमको जग्गा सम्वन्धी भ्रष्टाचार मुद्दालाई उनले आरामले तामेलीमा राखी दिए । विवादीत ओम्नी कम्पनी संग भएको औषधी खरिद सम्बन्धी अवैध ठेक्का र नक्कली सामान सम्वन्धी छानविन प्रकरणलाई उसै वागमतीमा सेलाई दिए । वालुवाटार जग्गा प्रकरणका ठुला माछाहरूलाई मज्जाले उम्काई दिन सफलता प्राप्त गरे । मिलेमतो गरेर भएको रेलवेको ३३ अरवको ठेक्का पट्टामा योजनावध्द ढंगले राज्यलाई गरिएको ठगीमा दुधको साछी विरालो मात्र भैदिए ।
वाईडवडीलाई अल्मल्याउन सफल भएकै हुन । किसानको अनुदानमा भएको अरवौ भ्रष्टाचार कता हरायो कता । चिनी को कोटा निर्धारणमा भएको अनियमितता र खेलकुदमा भएको भ्रष्टाचारको उजुरीमा छानविन गर्न पनि जरूरी ठानेनन या तामेलीमा राखी दिए । नेपाल दुर संचार संस्थान ३ अरवको सामाग्रि खरिदमा भएको अनियमितता सम्वन्धी केस सित्तैँमा पचाऊन मदत गरे । ” ठुला ठुला भ्रष्टाचारीहरूलाई खुल्लम खुल्ला माफी, खुद्रा-खाद्रीलाई ठोक्दै हिड्छ, वाह ! अख्तियार क्या ईन्साफी ” भन्ने उखान स्थापीत गरेको छ । यस्ता अख्तियार प्रमुखलाई त नेपाल रत्नले भिभुषित गर्नु पर्ने थियो । खुद्रा खुद्रि पदक मात्र भिराएछन ।
आजको देशको राजनीतिक नेतृत्व अर्थात कम्युनिष्ट पार्टीको वलियो सरकार भ्रष्टाचारको चंगुलबाट मुक्त हुनु आवस्यक थियो । यसले देशका तिनै तहका सरकार र प्रशासनलाई भ्रष्टाचार मुक्त वनाएर जनताको सेवा गर्ने वातावरण वनाउन सक्नु पर्दथ्यो । त्यसको लागी कुनै पनि भ्रष्टाचारका घटनालाई पारदर्शी ढंगले छानबिन गरेर दोषीहरूलाई निसंकोच कार्यवाही गरेर जनतामा ल्याउन सक्नु पर्दथ्यो । तर खोई ? ऑट्नै सकेनन । ऑटुन पनि कसरी ?
सरकार विगतमा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख वनाउन ज्यान छोडेर लाग्नेहरूको प्रभावमा पर्यो । उ वेला ईमान देखाउन खोज्ने नेताहरू पनि भ्रष्टाचार विरूध्द खुल्न सकेका छैनन । हिजो लोकमानले अती गर्न लागेपछि संसदमा महाभियोग दर्ता भयो । किन हो, उक्त महाभियोगको प्रस्ताव पारीत गर्ने ऑट गरेनन । सर्वोच्च अदालतले विदा गरेपछि उस माथि कुनै किसीमको छानविन पनि भएन किन ? सवै प्रश्नहरू अनुत्तरित छन ।
सवै ईमान्दारहरू सत्तामा भएको वेला लोकमान सिंह जस्तो पापी कुकर्मी सकुशल फुत्किन सफल भयो । आज एउटा सुब्बाले १०\२० करोड रूपीया भ्रष्टाचार गरेर लुकाएको भन्दै भ्रष्टाचारमा कार्वाही भएको सुनिन्छ । पाच पाच वर्ष सम्म देशव्यापी रूपमा नेटवर्क वनाएर समानान्तर सत्ता चलाएको लोकमानले कती खायो होला ? भनिन्छ उसले देशभरीका भ्रष्टाचारी हरूलाई परिचालन गरेर लुटको साम्राज्य खडागरेको थियो ।
अलीकती पनि ईमान भएका व्यक्ति, कर्मचारी तथा कार्यालय प्रमुखहरूलाई काम गरेर खान मुस्किल वनाई दिएको थियो । १३ पाने आतंक खडा गरेर दुनियाँलाई रूवाएको थियो । त्यो लोक मान सिंह र उसको कम्पनीले देशमा व्रह्मलुट मच्चाएर कति लुटेको थियो होला । छानविन गर्ने ऑट सम्म कसैले गरेनन । उसमाथी छानविन गरिनु पर्दथ्यो । त्यस्ता खालका व्यक्तीहरू माथी अझै छानविन गर्न सकिन्छ । अख्तियारमा त्यस्तो खालको ऑट र सहास भएका व्यक्ती आवस्यक छ ।
अहिले सरकारी अड्डाहरूमा ” म भ्रष्टाचार गर्दिन । भ्रष्टाचार गरेको पनि सहन्न ” भनेर लेखेको वोर्ड देख्न पाईन्छ । म भ्रष्टाचार गर्दीन र सहन्न भनेको वोर्ड मुनी वसेर योजनाको मोलमोलाई भैरहेको हुन्छ । ठेका पट्टाबाट प्राप्त कमिसनको हिसाब किताव भैरहेको हुन्छ । अनी ठुलठुला कमिसनका कारोबारको योजना वनिरहेको हुन्छ । खवर्दार भन्ने सहास भएको एऊटा ऑटी शासक देखीनु पर्थ्यो । खोई मान्छेहरूलाई अख्तियार या कसैको डर लाग्न छोडी सक्यो । हिजो संगै वसेर खाएको नौकरशाही हो । चिन्ता छैन क्यै । भाई कमाऊ खाऊ भन्ने परिरहेको छ । हिजो कथित ” शिष्टाचार को कल्की लगाएर भ्रष्टाचार संग मित लाउने अनी चिन्ता फिक्री मुक्त भएर सरकारी नोकरी वजाऊने ” मान्छे संग को डराउँथ्यो ? निस्फीक्री काम चली रहेको छ ।
यसर्थ अव सोच्ने वेला भैसकेको छ । समय थोरै मात्र वाकी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वलीयो र प्रभावकारी वनाऊनै पर्दछ । त्यसको लागी अख्तियारमा पूर्व कर्मचारी होईन । हिम्मत र सहासका साथ निर्ममता पूर्वक भ्रष्टाचार र भ्रष्टाचारी माथी आक्रमण गर्न सक्ने व्यक्तित्व खोजेर नियुक्त गरिनु पर्दछ । नागरिक समाज तथा वौध्दीक क्षेत्र जता खोजे पनि पाईन्छ । समयमा ध्यान दिएर नियन्त्रण गर्न सकिएन भने भ्रष्टाचारले देश डुवाऊछ । देश डुबे पछि कोही वाकी रहदैन । आऔ भ्रष्टाचार रूपी महारोगलाई नियन्त्रण गर्न एक जुट होऔ । अहिले पनि मोलाहिजा गरेर भ्रष्टाचार माथी निर्मम प्रहार गर्न सकिएन भने देश वनाऊने सपना केवल सपना मात्र हुन्छ । चेतना भया ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *