नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारी ट्रम्पले ठगीको मुद्दा दायर गरेकी छिन्।
बिहीबार म्यारीले ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा ठगी गरेको र धोका दिएको भन्दै मुद्दा दायर गरेको सीएनएनले जनाएको छ।
म्यारी फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। फ्रेड डोनाल्ड ट्रम्पका जेठा दाई थिए।
आफ्ना हजुरबा फ्रेड ट्रम्प सिनियरले निर्माण गरेको रियल–स्टेट इम्पाइरबाट पाउनुपर्ने ब्याज तथा रकमहरुबाट आफूलाई काका डोनाल्ड ट्रम्प र पिताका अन्य बहिनी र भाइहरुले ठगी गरेर, धोका दिएर बन्चित गरेको म्यारीको भनाइ छ।
म्यारी भन्छिन्,‘ठगी ट्रम्पहरुको केवल परिवारको व्यवसाय मात्र थिएन। यो जीवनशैली थियो।’
काका डोनाल्ड ट्रम्प र पिताका अन्य भाई र बहिनीले जबर्जस्ती एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाएको म्यारीले उल्लेख गरेकी छिन्।
यसरी आफूले प्राप्त गर्नुपर्ने लाखौं डलरभन्दा बढी रकम प्राप्त नगरेको उनको गुनासो छ।