Wednesday, April 22

मुख्यमन्त्री गुरुङले विश्व पर्यटन दिवसकाे उपलक्ष्यमा सन्देश सिहत शुभकामना व्यक्त

नेपाल अखबार, पाेखरा। आज विश्व पर्यटन दिवस    २०७७  को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस दिनको सदुपयोग गर्न आग्रह गरेका छन् ।
 मुख्यमन्त्री गुरुङले  सन्देश
आदरणीय गण्डकीबासी दिदीबहिनी तथा दाजुभाइहरु !
आज अंग्रेजी महिना सेप्टेम्बरको २७ तारिख अर्थात विश्व पर्यटन दिवस । यस अवसरमा तमाम पर्यटनकर्मी र पर्यटन क्षेत्रमा आवद्ध सबै श्रमजीवीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघ र विश्वका सबै देशले टुरिजम एन्ड रुरल डेभलपमेन्ट अर्थात पर्यटन र ग्रामीण विकास भन्ने नाराका साथ विविध कार्यक्रम गरी पर्यटन दिवस मनाउँदै छन् ।
विगत वर्षमा हामीहरुले पनि हाम्रो प्रदेशमा भ्रमण गर्न आउनु हुने स्वदेशी तथा विदेशी पर्यटकलाई विविध कार्यक्रमको आयोजना गरी आतिथ्यता प्रदान गर्दै आएका थियौं ।
हामीले पहिले झैं यस वर्ष विश्व पर्यटन दिवस मनाउन सकेका छैनौं । पर्यटकलाई फूलको गुच्छा दिएर, खादा र माला लगाएर उहाँलाई स्वागत गर्ने मौका हामीसँग छैन ।
हामी सबैलाई थाहा छ, यतिबेला विश्वभर कोरोना भाइरस रोग कोभिड १९ को महामारी छ र त्यसबाट जोगिन सार्वजनिक कार्यक्रमहरु आयोजना हुन सकेका छैनन् ।
कोभिड १९ को महामारीले गर्दा पर्यटन व्यवसाय एउटा कठिन परिस्थितिमा पुगेको छ । होटेल र रेस्टुरेन्ट व्यवसाय ठप्प प्राय छन् । तर आशा र भरोसा कायम राख्दै सुनौलो भविष्यका लागि कर्म गर्ने गरी आजको यो दिवसको अवसरलाई सदुपयोग गर्नु उपयुक्त हुन्छ भन्ने मेरो विश्वास छ ।
थुप्रै प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइले आफ्नो जागिर गुमाउनुपरेको छ, आम्दानीका स्रोत बन्द भएका छन् । मानव सभ्यतामा अनेकखाले विपत्ति थुप्रैपटक आए र मानव जातिले विपत्तिको डटेर सामान गरेको छ । यसरी नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । त्यसैले विपत्तिसँग लड्ने हिम्मत बढाउनै पर्छ ।
विपत्तिका बीच जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले आर्थिक गतिविधि चलायमान बनाउन पनि कुनै कसर बाँकी नराखेको सर्वविदित कुरा फेरि यहाँ दोहो¥याउनु बाञ्छनीय ठान्दछु ।
कोभिड १९ ले गर्दा कोमामा पुगेको पर्यटन व्यवसायलाई कसरी बचाउने र पहिलाको भन्दा अझ राम्रो अर्थात बिल्ड ब्याक बेटर टुरिजमको अवस्थामा कसरी पु¥याउने आज हामी सबैका लागि चुनौती छ ।
त्यसमा पनि हामी गण्डकी प्रदेशबासीका लागि यो चुनौती अझ बढी पेचिलो र मर्मस्पर्शी छ ।
यस्तो असजिलो परिस्थितिमा टिममा काम गर्नुपर्ने हुन्छ ।
सरकार, निजी क्षेत्र र नागरिक समाज एक भएर होस्टेमा हैंसेका साथ काम ग¥यौं भने कोभिड १९ लाई पराजित मात्र होइन कि पर्यटन व्यवसायलाई पहिलाको भन्दा अझ राम्रो अवस्थामा सजिलै पु¥याउन सक्दछौं ।
तर त्यसका लागि हामीहरु बीचमा सहनशीलता, धैर्य, सहकार्य र आत्मअनुशासनको जरुरी आवश्यक पर्दछ ।
कोभिड १९ ले पार्न सक्ने सम्भावित असर र प्रभावलाई पूर्वानुमान गरेर नै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत इन्टरप्रेन्युअर सर्भाइबल फन्ड अर्थात व्यवसाय सुरक्षा कोष व्यवस्था गरेको छ ।
यो कोषलाई राम्रोसँग परिचालन गर्न सक्यौं भने एक हदसम्म पर्यटन, कृषि, यातायात, उद्योग र सेवा व्यवसायीलाई राहत पुग्ने छ भन्ने मलाई पूर्ण विश्वास छ ।
त्यसैगरी प्रदेश सरकारले प्रत्येक स्थानीय तह र जिल्लालाई समेट्ने गरी सांस्कृतिक र प्राकृतिक गन्तव्यस्थलको पहिचान गरी ती गन्तव्य स्थलको ग्रामीण पूर्वाधार विकासका लागि काम थालनी समेत गरिसकेको छ ।
कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उठाउन स्वदेशी पर्यटनको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन, त्यसका लागि होमस्टेलाई स्टेपिङ स्टोनको रुपमा विकास व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
कोभिड १९ को चुनौतीलाई पर्यटन पूर्वाधार विकास गर्ने अवसरको रुपमा उपयोग गर्न सम्पूर्ण पर्यटन व्यवसायीलाई म हार्दिक अनुरोध गर्दछु ।
अहिलेको असजिलो समयलाई पूर्वाधारको विकासको अवसरको रुपमा लिन सक्यौं भने हाम्रो पर्यटन व्यवसायलाई आउँदा दिनमा थप उच्चाइमा पु¥याउन सकिन्छ ।
यही भएर नै संयुक्त राष्ट्रसंघले यो वर्षको नारा टुरिजम एन्ड रुरल डेभलपमेन्ट अर्थात पर्यटन र ग्रामीण विकास राखेको छ र स्वदेशी पर्यटनलाई प्रथामिकता दिएको छ ।
सामुदायिक अर्थात ग्रामीण विकास मार्फत प्रकृतिको संरक्षण गरी दिगो पर्यटन व्यवसायको प्रवर्धनका लागि त्यसै पनि नेपाल अग्रिणी मुलुक मानिन्छ र अन्नपूर्ण र मनासुल संरक्षण क्षेत्र यसका प्रमाण हुन्, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई पनि अतुलनीय उदाहरणको रुपमा लिन सक्छौं ।
गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छ । त्यसैले गण्डकी सरकारका हरेक नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा पर्यटन नै पर्दै आएको हो । हामी स्वदेशीसँगै दुई छिमेकी मुलुक भारत र चीन पर्यटक लक्षित कार्यक्रममा केन्द्रित हुनुपर्छ । छिमेकीका विशाल जनसंख्या स्रोतलाई सदुपयोग गर्नुपर्छ ।
पर्यटन उद्योगको पुनरुत्थानले नै कोभिडबाट शिथिल अर्थतन्त्रलाई तंग्रिलो बनाउन सक्छ । किनभने पर्यटनका लागि आधारभूत पूर्वाधार र आवश्यकता हामीसँग पहिल्यै छन् । स्वास्थ्य सुरक्षा र सावधानी अपनाउँदै र मापदण्ड पालना गर्दै अघि बढ्न सकिन्छ ।
जसरी पूर्वी एसियाली मुलुकहरुमा स्वास्थ्य मापदण्ड पूरा गर्दै पर्यटन व्यवसायलाई फेरि चालु गरिएको छ, हामीले पनि सतर्कतापूर्वक त्यसो नगरी हुँदैन । पर्यटन क्षेत्र खुलाउनुको विकल्प हामीसँग छैन, तर सतर्कचाहिँ हुनैपर्छ ।
धेरैभन्दा धेरै विदेशीलाई नै डाक्ने लक्ष्य राखेर तत्काललाई चाहिँ स्वदेशी पाहुना लक्षित कार्यक्रम ल्याउनुपर्छ भन्ने म ठान्दछु । स्थानीय पर्यटकबाट सुरु गरी स्वदेशी हुँदै विदेशीसम्मको लक्ष्यमा हामी पुग्नुपर्छ । त्यही नै उत्तम बाटो हुन सक्छ ।
अन्त्यमा, पुनः एकपटक सम्पूर्ण प्रदेशवासी दिदीबहिनी र दाजुभाइहरु, सम्पूर्ण पर्यटन व्यवसायीहरु, एयरलाइन्स, ट्राभल एजेन्सी, बस, ट्याक्सी, होटेल र रेस्टुरेन्ट व्यवसायी तथा मनी चेन्जर, पदयात्री, र पथप्रदर्शक दिदीबहिनी दाजुभाइहरुलाई स्वास्थ्य मन्त्रालयले निर्देशित गरेका मापदण्डलाई पूर्णपालना गर्दै पर्यटन व्यवसायलाई जीवन्त राख्नका लागि हार्दिक अनुरोध गर्दछु र पर्यटन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *