Thursday, April 23

कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष स्वदेश फर्काइयो

नेपालअखबार, एजेन्सि। कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष आइतबार स्वदेश फर्काइएको छ।

अमेरिकासँग सम्बन्ध बिग्रँदै गइरहेको समयमा चीनले राष्ट्रवादी अभियानलाई तिव्रता दिइरहेको छ।
सोही क्रममा चीनले कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष स्वदेश फर्काएको एससीएमपीले जनाएको छ।
आइतबार स्थानीय समयअनुसार ११ बजेर २० मिनेट जाँदा चिनियाँ जनमुक्ति सेनाको वाई–२० विमान सेनाहरुको अवशेषसहित सेनयाङ ताओसियान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

Advertisement

Beijing says 360,000 members of the Chinese People’s Volunteer Army were killed in the war though others say the death toll was much higher. Photo: Handout
उक्त विमान सोलको इन्चिओल अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन उडेको थियो। बेइजिङका अनुसार कोरियाली युद्धमा ३ लाख ६० हजार चिनियाँ सेना मारिएको अथवा घाइते भएका थिए।
सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धमा चिनियाँ सेनाले उत्तर कोरियाको साथ दिएको थियो। उक्त युद्धमा ५० लाख मारिएको बताइन्छ।
कोरियाली समाचार संस्था योनहापका अनुसार गतवर्ष मात्र १०३ चिनियाँ सेनाको अवशेष फेला पारिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *