Saturday, April 18

घाइते रोशन अधिकारीलाई युथ कम्युनिटी क्लबको सहयोग

नेपाल अखबार, पोखरा । केमिकल दुर्घटनामा परी अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लब पोखराले आर्थिक सहयोग गरेको छ ।
क्लबका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लबले १६ हजार आर्थिक सहयोग गरेको क्लबका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिनुभयो ।
युवा ब्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लबको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लबमा आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिनुभयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *