Monday, August 24

थुक्क तिम्रा पापी आँखा

किवता
थुक्क तिम्रा पापी आँखा
के सोच्छौ तिमी आफूलाई
के भन्नु खै भट्टिमा मति बुझाउनेलाई
मातले मातिएको स्वर्थीलाई
बेतालमा पालग जस्तै हिड्नेलाई ।।
मानवता हराएको पशुलाई
गर्भ देखि चुलो सम्म सुरक्षित रहन दिएनौ नारीलाई
रंगमन्चको नाट्य शालामा रमाउन खोज्नेलाई
यौवनको भेलमा बगदै हिड्नेलाई ।।
सडकका पत्थरहरुले ठोक्न मन छ तिमीलाई
सरेआम शुलि चढाउन मनछ तिमीलाई
वायु मण्डलमा पुराउन मनछ तिमीलाई
थुक्क तिम्रा पापी आँखा भन्दै थुक्न मनछ तिमीलाई ।।
जैनव खातुन

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *