Sunday, April 19

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

नेपाल अखबार चितवान । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ।
निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भंगालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो।
गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ। पोस्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए।
गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ। यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिंगे गैंडा मृतावस्थामा फेला परेको थियो। निकुञ्जमा चालु आर्थिक वर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *