Tuesday, May 19

नेकपा अन्नपूर्ण २ को सपथ

नेपाल अखबार, पाेखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका वडा नं. २ कमिटीको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो।
कार्यक्रमका बीच पार्टीका गण्डकी प्रदेश सदस्य एवम् प्रतिनिधीसभा सांसद दुर्गाकुमारी विकले वडा कमिटी सदस्यलाई सपथ खुवाइन्।
कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले पार्टी एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। उनले अव जनवर्गिय संगठन विस्तारलाई पनि अगाडि बढाउनुपर्ने औँल्याए।
विशेष अतिथि पार्टी प्रदेश सदस्य एवम् प्रतिनिधिसभा सांसद दुर्गाकुमारी विकले जनताको बलिदानी पूर्ण संघर्षबाट हालको उपलब्धी आर्जन भएको चर्चा गर्दै यसलाई दुरुपयोग नगरी जनताको परिवर्तनको पक्षमा लगाउनुपर्ने बताइन्।
सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दामोदर वैरागी, गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङ, सचिव लक्ष्मीप्रसाद अधिकारी, जिल्ला सदस्य दुर्गा भण्डारी, गाउँकमिटी सदस्यहरु विष्णुबहादुर केसी, भेषराज पौडेल, होमनाथ अधिकारी, हरीमाया तिमिल्सीना र वडा नं. ३ का अध्यक्ष हरी शर्मा लगायतले पनि धारणा राखेका थिए।
उनीहरुले जनवर्गिय संगठन विस्तारमा जोड दिनुपर्ने, सपथ ग्रहणसँगै सदस्यले जिम्मेवारी वोध गर्नुपर्ने, एकतालाई जनताको तहसम्म पु¥याउनुपर्ने, पार्टी एकतालाई आत्मसात गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।
वडा कमिटी अध्यक्ष वेदप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अन्नपूर्ण गाउँपालिका २ का वडाध्यक्ष एवम् पार्टी गाउँपालिका सदस्य चुणमणि अधिकारीले स्वागत तथा वडा कमिटी सचिव नारायणप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *