नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७७ मा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमार्डौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको हो।

