Tuesday, May 19

पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५२६ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पीसीआर परीक्षण भएकाे छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३२९ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *