Monday, April 20

काठमाडौँ उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *